नेपाल टेलिकमका ग्राहकलाई ई-सिम निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई निशुल्क रूपमा ई–सिम वितरण गर्ने भएको छ। टेलिकमले शुक्रबारदेखि सुन्धारा काउन्टरबाट निःशुल्क ई–सिम वितरण गर्ने भएको हो। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई(सिममा परिवर्तन गर्न सकिने छ।
नयाँ पोस्टपेड नम्बर लिन चाहने ग्राहकलाई हालकै बिक्रीमूल्यमा ई–सिम उपलब्ध गराइने छ। नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई तत्काललाई ई–सिम उपलब्ध नभए पनि निकट भविष्यमै उपलब्ध गराइने टेलिकमले जनाएको छ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ।
ई–सिम इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन।
ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाचलगायतका डिभाइसमा समेत प्रयोग गर्न सकिने प्रवक्ता अधिकारीले जानकारी दिए।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक
प्रतिक्रिया