नेपाल टेलिकमका ग्राहकलाई ई-सिम निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई निशुल्क रूपमा ई–सिम वितरण गर्ने भएको छ। टेलिकमले शुक्रबारदेखि सुन्धारा काउन्टरबाट निःशुल्क ई–सिम वितरण गर्ने भएको हो। ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई(सिममा परिवर्तन गर्न सकिने छ।
नयाँ पोस्टपेड नम्बर लिन चाहने ग्राहकलाई हालकै बिक्रीमूल्यमा ई–सिम उपलब्ध गराइने छ। नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई तत्काललाई ई–सिम उपलब्ध नभए पनि निकट भविष्यमै उपलब्ध गराइने टेलिकमले जनाएको छ।
ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फाराम भरेर बुझाउनुपर्नेछ।
ई–सिम इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन।
ई–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाचलगायतका डिभाइसमा समेत प्रयोग गर्न सकिने प्रवक्ता अधिकारीले जानकारी दिए।















कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
प्रधानमन्त्री कार्कीद्धारा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया