भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक

काठमाण्डौं । आज भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई ३५ र वाई २२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्ने छन् । स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई २२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुनेछन् ।
नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, “हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । हामीले भिभो वाई ३५ र वाई २२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।”
स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई थप सहज र निर्बाध अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८जीवी र्याममा थप ८जीवी सम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५०००mएमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेरा विशेषताहरु छन् जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ र बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र आश्चर्यजनक पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ ।
भिभो वाई२२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्दछ । वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीद्वारा संचालित छ । वाई२२ मा ५०एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरू लिन सकिन्छ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । त्यस्तै मल्टि स्टाइल पोट्र्रेटले धेरै पोट्र्रेट स्टाइलहरु समावेश गर्दछ ।
दुबै वाई ३५ र वार्इ २२, वाई सिरिजका नयाँ स्मार्टफोनहरू हुन् जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेशका कारण होल्ड गर्न सहज छन् । २.५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ ।
वाई ३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरमा रु ३०,९९९ मा उपलब्ध छ । त्यस्तै ४जीवी र्याम र ६४जीवी रोम भएको वाई२२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा रु २२,९९९ मा उपलब्ध छ ।















Fire destroys 330 hectares of forest in Jumla
जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया