महिला साफ च्याम्पियनसिप : बंगलादेश दोस्रो पटक फाइनलमा

काठमाडौं । कप्तान सविना खातुनको ह्याट्रिकप्रेरित बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । योसँगै बंगलादेश सन् २०१६ सहित दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा भुटानमाथि ८-० को सहज जित निकाल्दै बंगलादेशले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान पक्का गर्यो ।
खेलको दोस्रो मिनेटमा छोटोन जहान सोप्नाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशका लागि कप्तान सविनाले १८औं मिनेटमा अग्रता दोब्बर बनाइन् । ३०औं मिनेटमा श्रीमोती कृष्णरानी सरकार र ३५औं मिनेटमा रितु पोर्ना चक्माले एक-एक गोल थप्दा बंगलादेशले भुटानमाथि पहिलो हाफमा ४-० को अग्रता बनायो ।
पहिलो हाफमा चार गोल गरेको बंगलादेशले दोस्रो हाफमा पनि चार गोल नै थप्यो । ५४औं मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गर्दै ५-० मा पुर्याइन् । त्यसको तीन मिनेटपछि मसुरा प्रविनले खगोल गर्दै बंगलादेशलाई ६-० को स्थितिमा ल्याइन् । ८७औं मिनेटमा तोहुरा खातुन र इन्जुरी समयमा कप्तान सविनाले ह्याट्रिक पूरा गर्दै ८-० को नतिजामा जित पक्का गरिन् ।
शुक्रबारै हुने सेमिफाइनलको दोस्रो खेलमा आयोजक नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका साढे ५ बजे सुरु हुनेछ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया