महिला साफ च्याम्पियनसिप : बंगलादेश दोस्रो पटक फाइनलमा

काठमाडौं । कप्तान सविना खातुनको ह्याट्रिकप्रेरित बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । योसँगै बंगलादेश सन् २०१६ सहित दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा भुटानमाथि ८-० को सहज जित निकाल्दै बंगलादेशले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान पक्का गर्यो ।
खेलको दोस्रो मिनेटमा छोटोन जहान सोप्नाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशका लागि कप्तान सविनाले १८औं मिनेटमा अग्रता दोब्बर बनाइन् । ३०औं मिनेटमा श्रीमोती कृष्णरानी सरकार र ३५औं मिनेटमा रितु पोर्ना चक्माले एक-एक गोल थप्दा बंगलादेशले भुटानमाथि पहिलो हाफमा ४-० को अग्रता बनायो ।
पहिलो हाफमा चार गोल गरेको बंगलादेशले दोस्रो हाफमा पनि चार गोल नै थप्यो । ५४औं मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गर्दै ५-० मा पुर्याइन् । त्यसको तीन मिनेटपछि मसुरा प्रविनले खगोल गर्दै बंगलादेशलाई ६-० को स्थितिमा ल्याइन् । ८७औं मिनेटमा तोहुरा खातुन र इन्जुरी समयमा कप्तान सविनाले ह्याट्रिक पूरा गर्दै ८-० को नतिजामा जित पक्का गरिन् ।
शुक्रबारै हुने सेमिफाइनलको दोस्रो खेलमा आयोजक नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका साढे ५ बजे सुरु हुनेछ ।
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया