१७ र ११ वर्षीया दुई बालिकालाई बलात्कार गरेको अभियोगमा ७३ वर्षीय वृद्ध पक्राउ
मेरोन्यूज
२०७९ भदौ ३१ गते १६:३८

झापा । १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पौडेलले ती बालिकाहरूलाई बिभिन्न मितिमा पटक-पटक जबरजस्ती करणी गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया