इन्डोनेसियाको सुनखानीमा पहिरो जाँदा २० जना पुरिए
मेरोन्यूज
२०७९ असोज १ गते १६:०१

इन्डोनेसियाको पश्चिम कालिमान्तान प्रान्तमा रहेको सुन खानीमा पहिरो जाँदा २० जना खानी कामदारहरू पुरिएका छन्, । घटना बिहीबार राति बेङ्कायाङ जिल्लाको किनन्दे गाउँमा भएको भए पनि सो बारे जानकारी प्रादेशिक खोज तथा उद्धार कार्यालयका उद्धारकर्तालाई शुक्रबार राति मात्र प्राप्त भएको थियो । “हामीले शुक्रबार राति जानकारी पायौं र तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गर्यौं,” उद्धार कार्यालयका प्रमुख एरिक सुबर्यान्टो सिन्ह्वालाई फोन मार्फत बताएका छन् ।
विगत केही दिनदेखि परेको अविरल वर्षा, दुर्गम स्थान र कमजोर सञ्चार सुविधाका कारण उद्धार कार्यमा बाधा पुगेको अधिकारीले बताएका छन् । खानी क्षेत्रमा खोज तथा उद्धार कार्यमा सैनिक, स्थानीय विपद् व्यवस्थापन तथा न्यूनीकरण निकायका कर्मचारी र गाउँले पनि संलग्न रहेको उनले जानकारी दिएका छन् ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया