६ सय ८१ कैदीको सजाय मिनाहा, २१ जनालाई सजाय माफी
मेरोन्यूज
२०७९ असोज ३ गते ८:२१

काठमाडौं । आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू हुने गरी माफीमिनाहा गरेकी हुन् ।
संविधानको धारा २७६, फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर ९कैदकट्टा० नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको राष्ट्रपतिले जनाएको छ ।
त्यस्तै, २१ जनालाई सजाय माफी दिइएको छ । महेन्द्रप्रसाद कानुसमेतका २१ जनालाई कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया