डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग
मेरोन्यूज
२०७९ असोज ३ गते १७:४८
काठमाडौं । अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न चिकित्सकहरूको पेशागत संगठन नेपाल चिकित्सक संघले माग गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ ।
संघका तर्फबाट महासचिव रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘डा केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निष्कर्षमा पुर्याई उहाँको जीवन रक्षा गरिदिनु हुन वार्ता टोलीलाई संघ हार्दिक अनुरोध गर्दछ ।’
स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्ने लगायत सातबुँदे माग राख्दै डा. केसी आठ दिनदेखि धनगढीमा अनशनरत छन् ।
सम्बन्धित
















बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया