आइतबार, माघ ११, २०८२

जबराको पक्षमा एमाले निकट युवाहरुले प्रदर्शन गर्ने सूचनापछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

मेरोन्यूज २०७९ असोज ४ गते ११:०७

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । वीर गोर्खाली अभियान, नेकपा (एमाले) निकट अनेरास्ववियु लगायत आवद्ध युवाहरूले प्रदर्शन गर्ने लागेका हुन् ।
निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने जबराले प्रयास गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएसँगै जबराले भने सर्वोच्च फर्किने सूचना पठाएका थिए ।

प्रतिक्रिया