नेपाल वाल प्लास्टको दशैं सौगात योजना

काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गरेर “दशैं सौगात” नामक योजना बजारमा ल्याएको छ ।
“निर्माण गुणस्तरमा, मोवाइल पकेटमा” नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गते सम्मको लागि संचालन गर्न लागिएको जनाएको छ । यस योजना अन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरुप रियलमीको सी३० मोवाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । यस योजनामा विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँच वटै उत्पादनमा यो योजना लागु हुने छ ।
घर बनाउदा सिमेन्टको गुणस्तरमा निकै सजग हुने गरेको हामी बालुवाको गुणस्तरमा भने वेवास्ता हुने गरेका छौं । घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई अझ विस्तृत रुपमा फैलाउन यो योजनाले महत्वपूर्ण भुमिका खेल्ने कम्पनीको अनुमान रहेको छ ।
व्यस्त जीवनशैलीमा समयको बचत नै अमुल्य धन भएको कुरा पनि नर्कान नसकिने हुँदा, सबैभन्दा बढी समय लाग्ने निर्माणमा पनि कसरी समयको बचत गर्न सकिन्छ भन्ने कुराको खोजी गर्दै त्यस्ता उत्पादनहरुलाई प्रोत्साहन गर्न कम्पनीको योजना रहेको जानकारी नेपाल वाल प्लास्टका संस्थापक प्रबन्ध निर्देशक नरेश प्रसाद साहले दिनुभयो ।
विश्व निर्माण जगतमा ड्राइ मिक्स मोर्टार प्रचलित नाम हो । विश्वका कयौं विकशित देशहरुमा यस प्रकारको निर्माण सामाग्रीको प्रचुरमात्रमा प्रयोग हुने गरेको छ । नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो । यसको निर्माण क्षेत्रमा अवसर हेर्दै ग्राहकसामु आफ्नो उत्पादन पु¥याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाई दीर्घकालीन रूपमा आफ्नो व्याबसायिक प्रतिष्ठा जोगाउन लागि पर्ने पनि कम्पनीले दावी गरेको छ । यसै दावीलाई सहयोग पुग्ने आशाका साथ सो डिलर योजनाको सुरुवात गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कम लागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने जनाउँदै, मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने कम्पनीको दावी रहेको छ ।
स्वदेशी सामानको प्रयोग गरी प्रवद्र्धन गर्न अनुरोध गर्दै उत्पादन तथा वजार व्यवस्थापनमा विविध चुनौति रहेता पनि आफ्ना उत्पादनका बिशेषताहरुले गर्दा हरेक समस्यालाई चिर्दै अगाडि बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ ।

















Dhading bus accident: Manandhar trapped in bus carcass rescued alive after five hours
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
सेयर बजारमा सामान्य सुधार
धनुषामा सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं–५ का उम्मेदवार कांग्रेस महामन्त्री पौडेलको प्रतिज्ञापत्र सार्वजनिक
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया