जापानी प्रधानमन्त्रीको कार्यलय नजिकै एक सर्वसाधरणले गरे आत्मदाहको प्रयास

टोकियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाको कार्यालय नजिकै आफूलाई आगो लगाएपछि एक व्यक्तिलाई बेहोस अवस्थामा अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार टोकियोमा भएको घटनाको बारेमा प्रहरीले टिप्पणी गर्न अस्वीकार गरेको छ ।
टिभी असाहीका अनुसार ती व्यक्तिले केही महिनाअघि हत्या भएका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गर्ने योजनाको विरोध गरेका थिए । आगो निभाउने प्रयास गर्ने क्रममा एक प्रहरी अधिकारी घाइते भएको सो टेलिभिजन स्टेसनले जनाएको छ ।
ती व्यक्तिले आत्मदाह गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेलाई जुलाई ८ मा चुनावी प्रचारका क्रममा गोली हानेर हत्या गरिएको थियो । उनको राजकीय अन्तेष्टि सेप्टेम्बर २७ मा हुँदै छ ।
हाँको सम्मानमा सार्वजनिक रूपमा वित्त पोषित राज्यको अन्त्येष्टि सेप्टेम्बर २७ मा गरिने छ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया