फलामको पाइप लागेर भक्तपुरमा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असोज ६ गते १९:०२

भक्तपुर । सूर्यविनायक नगरपालिका ८ जगातीस्थित समानान्तर कंक्रिट ९रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने० उद्योगमा काम गर्ने क्रममा फलामको पाइप खसेर लागेपछि एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा बर्दिया बारबर्दिया नगरपालिका(७ घर भई सोही उद्योगमा कार्यरत २४ वर्षीय विवेक चौधरी रहेका छन् ।
फलामको पाइपले लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको हो । फलामको पाइप खसेर लाग्दा अर्का एक जना घाइते भएका छन् ।
घाइते हुनेमा बर्दिया बारबर्दिया नगरपालिका(७ घर भई सोही उद्योगमा काम गर्ने १९ वर्षीय प्रमोद चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
अन्दाजी ३ मिटर लामो कंक्रिट पेल्ने फलामको पाइप बिग्रिएपछि मर्मत गर्ने क्रममा सोही पाइप खसेर दुर्घटना भएको बताइएको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया