सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई
मेरोन्यूज
२०७९ असोज ७ गते १६:११

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि भर्ना खोलेको छ ।
प्रहरीको मानव श्रोत विभाग, मानव श्रोत निर्देशनालय भर्ना तथा छनौट शाखा स्वयम्भूले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीको माग गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र कानुन उपसमूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरेको जनाएको छ । प्रहरीले कात्तिक ६ गतेसम्म आवेदन फारम भर्ने समय तोकेको छ ।
माग गरिएका मध्ये सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना रहेको छ भने सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूह ८३ जना रहेका छन् ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया