सोमबार, माघ १२, २०८२

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मेरोन्यूज २०७९ असोज ८ गते ७:१०

चितवन । पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ। शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरूद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेसँगै गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन्। जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरुलिे जनाएका छन्।

प्रतिक्रिया