आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन

हुम्ला। कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ । कर्णाली प्रर्देश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा कार्यालयसँग पुनः मर्ज गर्ने निर्णय गरेपछि कर्णाली प्रदेशका १० वटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट असोज ७ गते विरोध प्रदर्शन निकालिएको हो ।
यसअघि २०७६।७७ मा स्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र मर्ज भएका थिए । तर, आयुर्वेद स्वास्थ्य संस्थाका कर्मचारीले स्वास्थ्य सेवा कार्यालयसँग मर्ज भएको चित्त बुझ्दो नठानेपछि उच्च अदालतमा रिट दायर भएको थियो ।
उक्त रिट दायरपछि उच्च अदालतले कुनै पनि संस्थाहरु आ आफ्नो क्षेत्रधिकारबाट चल्न पाउने स्वतन्त्र अधिकार छ र यनिहरु छुट्टा छुट्टै भएर काम गर्न दिनु पर्ने भन्दै फैसला गरेपछि उक्त संस्थाहरु फरक फरक भएर काम गर्दै आएका थिए ।
तर, गत भदौ १९ गते पुनः प्रदेश सरकारको मर्ज हुने निर्णय प्रति आयुर्वेद स्वास्थ्य संस्थाको ध्याानार्कषण भएको छ । उक्त निर्णयको विरोध जनाउँदै
शुक्रबार आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका कर्मचारीले एउटा हातमा कालो पट्टी बाधेर घोर विरोध प्रदर्शन गरेका हुन् ।
यता आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख कृष्ण चन्द जोशीले स्वास्थ्य जस्तो सम्वदेनशील क्षेत्रलाई सँगै गास्नु सरकारको मुर्खता भएको दाबी गरे ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया