मकरलाई व्यापार व्यवसायबाट लाभ,कस्तो तपाईको राशिफल?

काठमाडौं । आजको पात्रो स् ९ असोज २०७९, आइतबार । तद्नुसार सेप्टेम्बर महिनाको २५ तारिक २०२२ । आश्विनकृष्णपक्ष अमावस्या अर्थात् औशी, आजको दिन सोह्र श्राद्धको अन्तिमदिन पितृ विसर्जन गर्ने दिन हो । आजको दिन आफ्ना मृतक पितृगणलाई सम्झना गरेर भोलिदेखि विजयादशमी अर्थात् घटस्थापना शुरु हुने गर्दछ ।
आज चतुष्पद करण, उत्तरफाल्गुनी नक्षत्र, शुभ योग, चन्द्रमा सिंह राशिमा रहेको छ । बिहान सूर्योदय ५ः५४ मा भएको छ भने सूर्यास्त ५ः५९ मा हुनेछ । आजका देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् । आइतबार सूर्यनारायणको दर्शन गर्नु उत्तम मानिन्छ । आजको दिन औँशी भएकाले नियमतिबाहेक नयाँ र शुभकार्य गर्नु उत्तम मानिँदैन । औँशीको दिन पितृकार्यका लागि शुभ मानिएको छ ।
अब लागौं आजको राशिफल
मेष
आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशातर्फ यात्रा नगर्नुहोला ।
वृष
वृष राशिका जातका लागि व्यापार व्यवसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्वदिशा यात्रा फलदायी हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ ।
मिथुन
धनलाभ र नयाँ सुखद खबरले हर्ष छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला ।
कर्कट
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् । आइतबार बिहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।
सिंह
सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन अनुकूल रहेको छ । केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । कसैलाई सहयोग गर्नुभएको छ भने मानसम्मान मिल्नेछ । पारिवारका सदस्यले समेत माया गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।
कन्या
आज सूर्योदयको दर्शन गर्नुहोला । नयाँ र संत्सगी मित्रसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । चन्द्रमाको साथ रहेको छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने उनको आर्शीवादले सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।
तुला
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन हानी हुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला ।
वृश्चिक
सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।
धनु
सन्तानबाट सुख परिवारको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । अनावश्यक आरोप लाग्नसक्छ । आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहको प्रभावले कार्यकुशलता बृद्धि हुनेछ ।
मकर
व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा ऊर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।
कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । आजको दिन कुनै शिवालयमा गएर बृद्धजनलाई खानेकुरा दिनुहोला ।
मीन
सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।
















बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
Seven academicians to get Bijaya Malla Nai Shatabdi Puraskar
30 days left for HoR polls: EC removes 76 candidates from PR list
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया