मोटरसाइकल चोरी गर्ने रसुवाका तामाङ पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका–२६ गोँगबुबाट हराएको मोटरसाइकलसहित रसुवा नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौँको टोखा बस्ने १९ वर्षीय विजय तामाङलाई शनिबार पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले हराएको मोटरसाइकलको वास्तविक नम्बरप्लेट परिवर्तन गरी चलाएको अवस्थामा तामाङलाई पक्राउ गरिएको जानकारी दिए । हराएको वास्तविक नम्बर बागमती प्रदेश०२–०२८प ७७८५ भए पनि उक्त नम्बर परिवर्तन गरी बा९०प ९०९२ बनाएर चलाएको अनुसन्धानमा खुलेको छ । उक्त पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका–३ घर भई हाल काठमाडौँको हात्तीगौँडा बस्दै आएका पहलकुमार मगरको रहेको खुलेको छ । भदौ १८ गते हराएको मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया