कास्कीकोट दरबारमा राखियो जमरा, लोपोन्मुख सरुन खेल प्रदर्शन गरिने

पोखरा । नेपालको ऐतिहासिक दरबार कास्कीकोटमा जमरा राखिएको छ । त्यहाँ रहेको गुप्तकालीका मन्दिरमा विशेष साइत पारेर घटस्थापना गरिएको हो । यहाँ अहिले पनि नव दुर्गा महोत्सव हुने भएको छ । वर्षेनी कास्कीकोटमा तान्त्रिक र वौदिक हिसाबले पूजा गरिन्छ । विजया दशमीसम्म पाणा पुजारीहरू मन्दिरभित्र बसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ ।
नेपालबाटै लोप हुने अवस्थामा रहेको सरुङ खेल र मालश्री धुन प्रदर्शनी गरिने गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए । दसैंमा बजाइने नगरा, सत्रौं शताब्दीका ढाल तरबारहरू प्रदर्शन गरिने छ ।
कास्की दरबारमा घटस्थापनाको दिन विधि पूर्वक मन्दिर प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको राम घाट वाट ल्याइएको फूलपत्र र कुँवर जातीको सरुङ खेल सँगै मन्दिरमा भित्र्याउने चलन छ । अष्टमीका दिन राती काल रात्रिको पूजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दिरमा टिका लगाए पछि विधिवत रूपमा फूल विसर्जन गरिन्छ ।
यहाँ पूजा गर्न तथा पञ्चवली भाकल गर्नेहरूको भिड सुरु भैसकेको छ । कास्की राज्यको स्थापना सँगै यहाँ हरेक दसैंमा विशेष पूजा हुँदै आएको छ । कास्कीकोटबाट नै नेपाल राज्यमा शाह वंशको उदय भएको थियो ।

















Two die in fire, one in road accident in Udaypur
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया