बुधबार, चैत ४, २०८२

अर्थचित्र विमोचन, ३ आर्थिक पत्रकार पुरस्कृत

मेरोन्यूज २०७९ असोज १३ गते १४:१२


काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आफ्नो वार्षिक जर्नल विमोचन गरेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । विमोचित जर्नल आत्मनिर्भर अर्थतन्त्र विषयमा केन्द्रित छ।
बुधबारै नाफिजले आफ्ना सदस्यलाई महत्वपूर्ण पुरस्कारहरु समेत वितरण गरेको छ । शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार १ जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २ जनालाई प्रदान गरिएको हो । आर्थिक पत्रकारितामा सबैभन्दा ठूलो १ लाख रुपैयाँ धनराशीको ‘शारदा-ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ पुरष्कृत भएका छन् भने ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार (५० हजार राशी)’ बाट विजय पराजुली अनलाइनखबर डटकममा कार्यरत र टक्सार म्यागेजिनका अनुप आचार्य पुरष्कृत भएका छन् । उनीहरुलाई नगद र पुरस्कार सँगै प्रमाणपत्र पनि वितरण गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

जर्नल विमोचन तथा पुरस्कार वितरण समारोहमा डेपुटी गर्भनर बमबहादुर मिश्रले पत्रकारिता पेशा आफैंमा जटिल रहेको बताए । विशेष गरी आर्थिक पत्रकारिता थप जटिल हुनसक्ने उनको धारणा छ । ‘धेरैले मिडिया सम्बन्धी विषय पढेर आएका हुन्छन्, पेशामा आएपछि थप विषय जानकारी लिनुपर्ने देखिन्छ’ उनले भने, ‘त्यो विषय पनि सबैले बुझ्ने गरी सम्प्रेषण गर्नु आफैंमा चुनौति देखिन्छ।’
नाफिजले पत्रकारहरुलाई अन्य विषय सिकाउने माध्यम बनेको त्यो आफैंमा राम्रो काम रहेको उनको भनाई छ । त्यस्तै, आज नाफिजले सार्जजनिक गरेको जर्नलको मूलभाव आत्मनिर्भर अर्थतन्त्र रहेको र आत्मनिर्भर अर्थतन्त्रका लागि गर्न बाँकी धेरै रहेको उनले बताए।
मिश्र भन्छन्, ‘व्यापार घाटामा ठूलो खाडल छ, त्यसले पनि आत्मनिर्भर हुनसक्ने वस्तुहरुमा हामीले ध्यान दिनुपर्छ। तर आत्मनिर्भरको नाममा अर्थतन्त्र

प्रतिक्रिया