रियलमीले सार्वजनिक गर्यो सी डिजाइन र ५० एमपी एआई क्यामरा भएको नयाँ फोन

काठमाडौ । नेपालको प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिश बजेट सी–सिरिजमा रियलमी सी३३ को नयाँ संस्करण अनावरण गरेको छ । यो स्मार्टफोनल बाउण्डलेस सी डिजाइन, राइट–एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्दछ ।
लञ्चको बारेमा बोल्दै रियलमी नेपालका हेड, मुनिष गिरीले भने, “रियलमीको एन्ट्री–लेभल सी सिरिज अन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी १ सँगै प्रयोगकर्ताहरूको राम्रो प्रतिक्रिया पाउँदै आएको छ जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका छौँ, सी सिरिजको साथमा हामीले उचित मूल्यमा उच्च प्रविधि, पवोर र डिजाइनको आदर्श फ्युजनको स्मार्टफोनहरू उपलब्ध गराउने लक्ष्य राखेका छौँ, रियलमी सी३३ उपभोक्ताहरूलाई उत्कृष्ट स्मार्टफोनहरु प्रदान गर्ने हाम्रो प्रयासको अर्को दृष्टान्त हो, र हामी विश्वस्त छौँ ।’
रियलमी सी३३ मा रहेको पछाडिको केसमा माइक्रोन–स्तरको लिथोग्राफी प्रविधिबाट सिर्जना गरिएको रेखाहरुले विभिन्न कोणबाट हेर्दा विभिन्न भिजुअल ईफेक्ट प्रदान गर्दछ । रियलमी सी३३ ले प्लास्टिकको सट्टा ब्याक केस डिजाइनको लागि पीसी–पीएमएमए दुवै सामग्री अपनाउँछ । जसले स्थायित्व सुनिश्चित गर्दै पारदर्शी दृश्य प्रभाव प्रदान गर्दछ ।
यो सी सिरिजको पहिलो स्मार्टफोन हो । रियलमी सी३३ स्याण्डी गोल्ड र अक्युव ब्लू गरी दुई रंगहरूमा उपलब्ध छ । जसको मूल्य १६,४९९ र १८,४९९ रहेको छ । बजारमा यी स्मार्टफोनहरू मेनलाइन च्यानलमार्फत देशभर उपलब्ध छन् ।

















लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया