क्यान्डिडेटमास्टर थापाको विजयी शुरुवात
मेरोन्यूज
२०७९ असोज १४ गते १३:२१

काठमाडौं । डिफेन्डिङ च्याम्पियन क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा विजयी शुरुवात गरेका छन् । सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनशीपको विजेता थापाले बिहिबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाईनी अब्दुलाजीजलाई पराजित गरेका हुन् ।
अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीता रहेको छ ।
९ चरणसम्म सञ्चालन हुने प्रतियोगिता अन्र्तगत शुक्रबार साँझ हुने दोश्रो चरणको खेलमा थापाले जापानका ताकेनुउची अत्सुसीसँग प्रतिष्पर्धा गर्नेछन् । फिडे रेटिङ २ हजार भन्दा कम भएका र अधिकतम फिडेमास्टर सम्मको टाईटल प्राप्त खेलाडीको मात्र सहभागीता रहने प्रतियोगिताका विजेताले १५ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सम्बन्धित
















मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया