हिरासतमा रहेका सन्दीप लामिछानेलाई क्यानका अध्यक्षले भेटे

काठमाडौं । प्रहरीको कस्टडीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट संघका अध्यक्षले भेटेका छन् ।
प्रहरी वृत्त गौशालास्थित हिरासतमा गएर नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुर बहादुर चन्दले उनीसँग भेट गरेका हुन् ।
शुक्रवार बिहान सन्दीपलाई भेट्न चन्द गौशाला पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
२३ भदौमा क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको थियो । लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले २१ भदौमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् ।
विदेशमा क्रिकेट खेलिरहेका सन्दीप आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भए । १ महिनापछि उनी बिहीबार नेपाल फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नेपाल प्रहरीको इन्टरपोल शाखाले सन्दिपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो ।
















म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया