हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका साम्पाङ विरुद्ध निर्वाचनमा बालबालिका प्रयोग गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो । निर्वाचनलक्षित प्रचारका क्रममा प्रत्यक्ष रूपमा बालबालिकाको प्रयोग गरिएको सञ्जालको आरोप छ ।
उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ । कानुनविपरीत चुनावी गतिविधिमा संलग्न गराइएको भन्दै बालअधिकारको गम्भीर उल्लंघन भएको सञ्जालकाे भनाइ छ ।
साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा झिकाई आवश्यक छलफल, छानबिन गरी आचारसंहिता तथा कानुनबमोजिम कारबाही गर्न माग गरिएकाे छ ।
















अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया