दाङको देउखुरीमा बाडीको वितण्डाः ३ हजार ५ सय घर डुबानमा

दाङ । लगातारको वर्षाका कारण दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । चारदिन लगातार वर्षका कारण देउखुरी उपत्यका अधिकांश बस्ती डुबानमा परेका छन् ।
देउखुरीको राप्ती नदी र आसपासका खोलाका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका विभिन्न बस्तीहरु डुबानमा परेका हुन् । देउखुरीको गढवा गाउँपालिका अधिकांश क्षेत्र डुबानमा परे ।
राप्ती नदी र सिक्रहवा खोलाको बाढी बस्तीमा पस्दा डुबानमा परेका हुन् । गढवाका गाउँपालिका अनुसार गढवा–५ को बोधीपुर, धर्मपुर, लोखरपुर, लालपुर र गढवा–७ कान्छिगाउँ लगायतका बस्तीमा बाढी पसेको छ ।
राप्ती नदीकै पानी बस्ती पसेपछि राप्ती गाउँपालिका आसपासका क्षेत्र पनि डुबानमा परेका छन् ।
राप्ती नदीमा पानीको बहाव बढेका कारण कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोडही, सिसहनिया लगाएतका गाउँहरु डुबानमा परेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।
दाङमा अहिलेसम्म करिब तीन हजार बढी घर डुबानमा परेका छन् । जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा ३ हजार ५ सय ३७ घर डुबानमा परेका छन् ।
दाङको देउखुरी उपत्यकाको लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेका छन् । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८००, राप्ती गाउँपालिकामा ६१० र गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् ।
त्यस्तै बाढीका कारण २०३ घर पूर्णरुपमा भत्किएका छन् । लमही नगरपालिकामा ४३, राजपुर गाउँपालिका १५, राप्ती गाउँपालिकामा, ६५ घर, गढवा गाउँपालिकामा ८० घर भत्किएका छन् ।
त्यस्तै बस्तीमा पसेको बाढीका कारण २ सय ४० जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्दले जनाएको छ ।
‘नदी र खोलाका पानी पानी बस्तीमा पसेपछि देउखुरी उपत्यकामा अधिकांश बस्ती डुबानमा परेको छ’ दाङ प्रहरी प्रवक्ता राजनकुमार गौतमले भने, ‘बाढीमा फसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।’ उनले बाढीमा फसेकाहरुलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सक्रियतामा उद्धार गरिएको बताए ।
दाङमा अहिले वर्षा रोकिएकाले डुबान परेका बस्तीहरुमा पानीका सतह क्रमश घट्दै गएको प्रहरी प्रवक्ता गौतमले बताए ।
ठाउँ–ठाउँमा क्षति
दाङमा लागतार वर्षाले ठाउँ–ठाउँमा क्षति पुर्याएको छ । चारदिन यता आएको भारी वर्षाले खसेको पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् भने विद्युतीय संरचनामा पनि क्षति पुगेको छ ।
पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दमारस्थित १८ नम्बर टावर ढालेको हो ।
प्रसारण लाइन ढलेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति बन्द भएको थियो । प्राधिकरणले अहिले तुलसीपुरबाट वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिएको छ ।
प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायत क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ । तर जिल्लाभर नियमित रुपमा विद्यूत आपूर्ति हुन सकेको छैन । शहरी क्षेत्रमा विद्यूत आपूर्ति भए पनि ग्रामीण क्षेत्रमा विद्यूत आपूर्ति अवरुद्ध छ ।
















म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
खैरो हिरोइनसहित नागढुंगाबाट एकजना पक्राउ
दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, दुई जना घाइते
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया