माओवादीमा पनि घनश्याम काण्ड : वाम गठबन्धन पक्षधर हरिवोल गजुरेलले पाएनन् टिकट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफना आलोचकलाई टिकट नै नदिएर पजनी गरेको बेला माओवादी केन्द्रमा पनि त्यही प्रवृति दोहोरिएको छ ।
माओवादी केन्द्र र नेकपा एमाले एकै रहँदा पार्टी एकता जोगाउनका लागि अध्यक्ष प्रचण्डले केही लचकता देखाएरै भएपनि एकता जोगाउनु पर्ने भन्दै लविङमा रहेको र पार्टी विभाजनको अन्तिम समयसम्म ओली र प्रचण्ड मिलाउन कसरथ गरिरहेका हरिबोल गजुरेल पनि एमालेमा घनश्याम भुसाल र भीम रावल जस्तै पजनीमा परेका छन् ।
पार्टी विभाजनको अन्तिम समयमा टोपवहादुर रायमाझी लगायतका नेताहरुले माओवादी छोडेर एमाले रोज्दा हरिबोलले भने मूल पार्टी नै रोजेर माओवादीमै बसेका थिए । त्यसपछि उनी अहिले माओवादी केन्द्रको उपमहासचिव छन् । उनले उपमहासचिव भन्दा सिनियर पद पार्टीमा खोजेका थिए । तर अन्तिममा उनलाई माओवादीले पदाधिकारी टुंग्गो लगाउँदा अन्य ६ नेतासहित उपमहासचिव बनाएको थियो ।
उनी यसपटकको निर्वाचनमा पनि प्रतिनिधीसभामा उम्मेदवार बन्न चाहान्थे । सिन्धुली २ जहाँ उनले २०७४ सालमा चुनाव जितेका थिए, त्यहीबाट उनी यसपटक पनि उम्मेदवार बन्न चाहान्थे । तर उनलाई नाम सिफारिस गर्ने क्रममा सिन्धुली जिल्ला इन्चार्ज समेत रहेका पार्टी पोलिटब्यूरो सदस्य राजन दाहालले उम्मेदवार सिफारिसबाट नै रोक्न खोजे ।
जिल्लाबाटै उनको नाम समानुपातिक तर्फ पठाएर प्रत्यक्ष तर्फ रोक्ने प्रयास भएको थियो । पछि प्रदेश कमिटिले मात्रै उनको नाम पनि प्रत्यक्ष तर्फ सिफारिस गरेर केन्द्रमा पठाएको थियो । तर केन्द्रले उनलाई टिकट दिएन । उनको स्थानमा राजन दाहाललाई माओवादी केन्द्रले टिकट दिएको छ ।
भुसाल र रावलले ओलीलाई निरन्तर चुनौति दिएकै कारण टिकटबाट बञ्चित गरिएको छ ।
एमालेको दशौं महाधिवेशनमा रावलले ओलीसँग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका थिए भने भुसालले उपाध्यक्षमा । रावल त्यसयता एमालेको केन्द्रीय कमिटिमा बसेका थिएनन । तर भुसाल स्थायी समिति सदस्य थिए । ओलीले टिकट दिने बेला निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस भएका रावलको नाम काटेर माओवादी छोडेर एमालेमा आएका झपट बोहोरालाई टिकट दिएका थिए ।
भुसालको निर्वाचन क्षेत्र नम्बर ३ मा तालमेलको नाममा राप्रपालाई छोडिदिएका थिए भने भुसालले निर्वाचन लड्न चाहेको अर्काे क्षेत्र रुपन्देही १ मा पार्टी सचिव छविलाल विश्वकर्मालाई टिकट दिएका थिए ।
ठीक त्यसैगरी प्रचण्डले पनि हरिवोललाई सिन्धुलीमा टिकट नदिएर ओलीले झै गरेको माओवादी सिन्धुलीका स्थानीय नेताहरु बताउँछन् ।
गजुरेल अहिले पनि वाम गठबन्धनको पक्षधर थिए । नेकपा कालमा पार्टी विभाजनको अन्तिम समयमा प्रचण्डले त्याग गरेरै भएपनि पार्टी एकता जोगाउनु पर्ने अभिब्यक्ति दिएकै कारण उनलाई एमालेमा ओलीले आफना आलोचक रावल र भुसाललाई झै पजनीमा पारिएको चर्चा माओवादीभित्र चलेको छ ।
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया