प्रतिनिधिसभाका जेठो उम्मेदवार
८० वर्ष कटेका ९ उम्मेदवार प्रतिनिधिसभाको चुनावी मैदानमा
सवैभन्दा जेठो उम्मेदवार ९९ वर्षिय टिकादत्त पोखरेल गोरखा २ मा माओवादी अध्यक्ष प्रचण्डसँग चुनावी मैदानमा छन्

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ८० वर्ष उमेर कटेका ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधीसभा तर्फका २५ सय ३३ उम्मेदवारमध्ये ९ जना उम्मेदवार ८० वर्ष उमेर कटेका छन् ।
त्यसमध्ये पनि सवैभन्दा जेठो उम्मेदवार गोरखा २ बाट चुनावी मैदानमा उत्रेका नेपाली कांग्रेस (विपि)का टिकादत्त पोखरेल छन् । निर्वाचन अयोगले सार्वजनिक गरेको विवरण अनुसार पोखरेलको उमेर ९९ वर्षको छ । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको चुनावी मैदानमा उत्रेका हुन् ।
उनी बाहेक पनि अन्य ८ जना उम्मेदवार ८० वर्ष उमेर कटेका छन् । यसरी प्रत्यक्ष तर्फ उम्मेदवार बनेकामा राष्टिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी देखि माओवादीको चुनाव चिन्ह्रमा चुनाव लडेका नेपाल समाजवादी पार्टीका अध्यक्षमध्येका एक महिन्द्रराय यादव सम्म छन् ।
अन्य जेष्ठ उम्मेदवार भने स्वतन्त्र हुन् । बागलुङ १ बाट सत्ता गठबन्धनबाट उम्मेदवार बनेका जनमोर्चा अध्यक्ष केसी ८० वर्षका भए भने सर्लाही २ बाट चुनाव लडेका सत्ता गठबन्धनका उम्मेदवार नेसापाका महिन्द्र राय यादव ८५ वर्षका भए ।
यादवको उमेर ८५ वर्षको नभए पनि उनको नागरिकताका आधारमा उनी ८५ वर्ष उमेरका उम्मेदवार दरिएका छन् ।
अन्यमा भने ८७ वर्षका राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार युवराम गौतम, ८५ वर्षका विष्णुप्रसाद ढकाल लगायतका नेता छन् । सवैभन्दा कान्छो उम्मेदवारमा भने २५ वर्ष उमेर समुहका झण्डै दुई दर्जन उम्मेदवार छन् । त्यसमध्येमा एक हिमेश पन्त पनि छन् । उनी धादिङ १ मा रवि लामिछानेको पार्टी राष्टिय स्वतन्त्र पार्टीबाट चुनाव लडन लागेका छन् ।
यी हुन् ८० नाघेका प्रतिनिधिसभाका उम्मेदवार
डडेलधुरा १ : स्वतन्त्रबाट कर्ण सिंह रावल ८४ बर्ष
बागलुङ १ : राष्टिय जनमोर्चाबाट चित्रवहादुर केसी ८० बर्ष
कास्की ३ : स्वतन्त्रबाट पशुपतिनाथ तिमल्सिना ८४ बर्ष
गोरखा २ : कांग्रेस विपिबाट टिका दत्त पोखरेल ९९ बर्ष
काठमाडौं ६ : स्वतन्त्रबाट विष्णुप्रसाद ढकाल ८५ बर्ष
पर्सा १ : स्वतन्त्रबाट हद्दयनारायण प्रसाद बरैं ८० बर्ष
बारा १ : स्वतन्त्रबाट कृष्णराज गिरि ८१ बर्ष
सर्लाही ३ : माओवादीबाट (नेसपा अध्यक्ष) महिन्द्रराय यादव ८५ बर्ष
तेहथुम १ : राप्रपाबाट युवराम गौतम ८७ बर्ष
















Death toll in Madagascar cyclone rises to 35
National Assembly’s current session prorogues from midnight on February 13
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
फागुन ३ गतेभित्र घोषणा पत्र बुझाउन उम्मेदवारहरुलाई आयोगको आग्रह
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियाे
प्रतिक्रिया