’अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित’

इरान सरकारका प्रवक्ताले अमेरिकी प्रतिबन्धले इरानी महिला जीवनदायी औषधिबाट वञ्चित भएका बताएका छन् । अमेरिकी प्रतिबन्धका कारण इरानलाई जीवनदायी औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ पाउन कठिन भएको बताउँदै उनले अमेरिकाको कठोर शब्दमा आलोचना गरेका छन् । सरकारका प्रवक्ता अली बहादुरी जाहरोमीले तेहरानमा मङ्गलबार भएको साप्ताहिक पत्रकार सम्मेलनमा औषधि बनाउने कच्चा सामग्रीबाट हामीलाई वञ्चित गर्ने अमेरिकी कपट प्रष्ट भएको बताए ।
राम्ररी शिर नढाकेको अभियोगमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानी महिलाहरूको पक्षमा वकालत गरेको दाबी गर्ने अमेरिकाको कपटपूर्ण व्यवहारको पर्दाफास भएको उनले बताए । बाइस वर्षीया अमिनीको मृत्युपछि केही पश्चिमा देशले गरेका टिप्पणी र चालेका कदमको बारेमा बोल्दै जाहरोमीले उनका ती कदमले देशका महिलाहरूलाई समर्थन गर्ने बहानामा इरानमा दङ्गा भड्काउने उद्देश्य रहेको र त्यसबाट ती देशको दोहोरो मापदण्ड प्रकट भएको बताए ।
उनले इरानीहरूलाई आवश्यक औषधिमा पहुँच नदिनु अमानवीय भएको बताउँदै अमेरिकासहित पश्चिमा देशको आलोचना गरे । प्रवक्ता जाहरोमीले डेनमार्कको राजधानी कोपेनहेगनमा रहेको इरानको दूतावास परिसरमा शुक्रबार भएको आक्रमणलाई सङ्केत गर्दै इरानी राजदूत अफसानेह नादिपुर र अन्य कर्मचारीहरूलाई धम्की दिइएको थियो र सवारीसाधनमा क्षति पुगेको अप्रत्यक्षरूपमा उल्लेख गरे ।
उनले इरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका फिर्ता हुनु र इरानमा पुनः लगाइएको प्रतिबन्धले इरानी सरकारलाई आफ्ना जनताको अधिकारको रक्षा गर्न र प्रतिबन्धहरू हटाउन थप दृढ तुल्याएको बताए । संयुक्त राज्य अमेरिकाले औषधि र खाद्यवस्तुलगायत मानवीय वस्तुहरू प्रतिबन्धको सूचीमा समावेश नगरेको दाबी गरे पनि इरानको तेल निर्यात र बैंकिङ क्षेत्रमा लगाइएको नाकाबन्दीले व्यवहारमा उसलाई त्यस्ता वस्तु आयात गर्नबाट वञ्चित गरेको छ ।
















रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया