कारबाहीमा पच्चास जना लडाकु मारिए

सोमालियामा यहाँको सुरक्षा फौजले गरेको कारबाहीमा परी अल सेबाबका कम्तीमा पनि ५० जना लडाकु मारिएका छन् । सोमालियाको आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा बुधबार गरेको कारबाहीका क्रममा ती लडाकु मारिएका यहाँको सेनाका एकजना अधिकारीले जनाएका छन् ।
मध्य सोमालियाको यासुमा गाउँमा सो आतङ्ककारी समूह अल सेबाबका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा ती लडाकु मारिएका हुन् ।सो कारबाहीका क्रममा तीन जना सेना पनि मारिएका बताइएको छ । सोमालियाली सेनाका उपप्रमुख ओदोवा युसुफले सो कुराको जानकारी दिएका छन । उपप्रमुख युसुफले भने ‘‘हाम्रो सैन्य समूहले गरेको कारबाहीमा अल सेबाब आतंककारी समूहका ५० जना लडाकुको ज्यान गएको छ ।
त्यस क्रममा तीन जना सेनाको पनि ज्यान गएको छ ।’’ सोमालियाली सेनाले सो क्षेत्रमा अल सेबाबका विरुद्धमा कारबाही जारी राख्ने जनाएको छ । सेनाका अनुसार सो क्षेत्रमा यहाँका स्थानीय सुरक्षा समूहको सहयोगमा यहाँको सेनाले केही महिना यतादेखि अल सेबाबका विरुद्धमा कारबाही थालेको हो ।सो कारबाही आगामी दिनमा पनि जारी रहने सेनाले जनाएको छ । सोमालियामा पछिल्ला केही महिना यता यहाँको आतंककारी समूह अल सेबाबले सेना र प्रहरीका विरुद्धमा आक्रमण गरी हत्या गर्ने गरेका छन् ।
















म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया