बिहीबार, पुष १०, २०८२

पेरिसमा इन्धन हडताल चर्किने सङ्केत, व्यापक प्रहरी तैनाथ

मेरोन्यूज २०७९ असोज ३० गते १९:०१

काठमाडौँ । फ्रान्सका फिलिङ स्टेसनहरू बन्द गर्न बाध्य भएको करिब तीन हप्तापछि पेरिसका प्रहरीले बढ्दो जीवनयापन खर्चको विरोधमा आइतबार प्रदर्शनको तयारी गरिरहेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोँको प्रशासनका विरोधी वामपन्थीले जलवायु परिवर्तनमा सरकारको निष्क्रियताको विरोधमा प्रदर्शनको आयोजना गरेका छन् ।

बामपन्थी फ्रान्स अनबोड (एलएफआई) पार्टीका नेता ज्याँ लुक मेलेन्चोनले हालको हडतालअघि नै प्रदर्शनको योजना बनाएको छ भने आयोजकहरूले हालको औद्योगिक आन्दोलनबाट केही गति लिने विश्वास गरेका छन् ।

एलएफआईका डेपुटी म्यानन औब्रीले भने, “मूल्य वृद्धि असह्य छ । यो ४० वर्षमा क्रयशक्तिको सबैभन्दा ठूलो नोक्सानी हो ।” उनले ठूला कम्पनीले नाफामा कमाएको अर्बौं रकम गुजारा चलाउन संघर्ष गरिरहेकालाई दिने समय आएको बताए ।

प्रहरीले प्रदर्शनमा करिब ३० हजार मानिस उपस्थित हुने अपेक्षा गर्दै यसलाई बसमा राख्न आवश्यक तयारी गरिएको जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीलाई चरम बामपन्थी समूहको आन्दोलनले समस्या उत्पन्न गर्न सक्ने भएको छ ।

प्रतिक्रिया