आज दिन तपाईको कस्तो छ थाहा पाउनुहोस् राशिफल

काठमाडौं । आजको पात्रो : असोज महिनाको ३१ सोमबार, २०७९ । तद्नुसार अक्टोबर महिनाको १७ तारिक २०२२ । कार्तिककृष्णपक्ष सप्तमी, वव करण पुर्नबसु नक्षत्र, शिव योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः०४ मा भएको छ भने सूर्यास्त ५ः३३ मा हुनेछ ।
आजका देवता मित्र र ग्रहदेव बुध रहेको छ । सोमबार शिवालय यात्रा उत्तम हुनेछ । कार्तिक महिनाको सोमबार शिवालयमा दीप प्रज्वलन गर्नु शुभ हुनेछ । सोमबार सवारीसाधन खरिद र मर्मतको लागि उपयुक्त हुनेछ । बिहान ११ः२७ देखि १२ः१२ सम्मको समय अभितिज मुहूर्त रहेको छ । आजको दिन चलायमान कारोबारका लागि उत्तम छ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
सोमबार रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गरी काम गर्दा शुभ हुनेछ । आजको दिन घरका जेष्ठ सदस्य र कन्यालाई खानेकुरा र बस्त्र दिनुभयो भने परिवारमा खुसीयाली छाउनेछ ।
वृष
आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुनसक्छ । आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।
मिथुन
मनभित्र अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेककुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र तपाईमा खुसीयाली छाउने छ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।
कर्कट
मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ ।
सिंह
आज यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । नियमित कामबाहेक अन्य नयाँ काममा चासो नदिनुहोला ।
कन्या
मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कन्या राशिका पुरुषले घरमा आमा, दिदीबहिनीहरुलाई उपहार दिनु, महिलाहरुले भने बा, दाजुभाइलाई उपहार दिनु राम्रो हुनेछ ।
तुला
आजको दिन शुरु गरेको काम सफलता मिल्नेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।
वृश्चिक
वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने शान्ति मिल्नेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ ।
धनु
ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आज विहान सूर्योदयको दर्शन गर्नुभयो भने मनमा खुसियाली छाउनेछ ।
मकर
तपाईले गरेको कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन देवालयको दर्शन र यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । समाज र परिवारबाट मानसम्मान मिल्नसक्नेछ ।
कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ । देवालयमा जानुभयो भने केही फलफूल वितरण गर्नुहोला ।
मीन
मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । आजको दिन अध्यापनमा समय दिनुहोला। लेखन र सिर्जनात्नमक कार्यको शुरुवात गर्दा पनि सफलता मिल्नेछ ।
















निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
कस्ताे रहला आज देशभरकाे मौसम ?
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना (सूचीसहित)
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया