बुधबार, चैत ४, २०८२

एमजीको विद्युतीय गाडी ‘एमजी जेडएस इभी’को बुकिङ खुल्ला

मेरोन्यूज २०७९ असोज ३१ गते १७:११

काठमाडौँ । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउण्ट मोटर्स प्रा.लि.ले लङ रेञ्जको विद्युतीय गाडी एमजी जेडएस् इभीका लागि बुकिङ खुल्ला गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

४४० किमी रेञ्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ किलोवाट रहेको छ । भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ । एमजी जेडएस इभीको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ ।

यसको इन्टेरियरमा १०.१ इञ्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र सात इञ्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै, रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजी जेडएस इभीमा ११५ किलोवाटको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेण्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड््न सक्छ ।

यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइण्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ । यो गाडीको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया