मंगलबार, चैत ३, २०८२

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५१ करोड मात्रै

मेरोन्यूज २०७९ कार्तिक ३ गते १५:३९

काठमाडौँ । आज सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । बिहीबार बजार परिसूचक नेप्से १.३८ अंकले गिरावट भई १८४४.१४ अंकमा रोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार कूल १५ लाख ४६ हजार ८५७ कित्ता सेयर किनबेच हुँदा ५० करोड ७६ लाख ९० हजारको कारोबार भएको छ ।

जसमध्ये अभियान लघुवित्तको सवार्धिक तीन करोड ६९ लाख ५३ हजारको कारोबार हुँदा गरिमा विकास बैंकको दुई करोड ६७ लाख ५४ हजार र एभरेष्ट बैंकको दुई करोड ४९ लाख पाँच हजारको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कूल १८३ कम्पनीको सेयर कारोबार हुँदा ९५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

यस्तै, ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिक्रिया