बुधबार, चैत ४, २०८२

टिभिएसले सार्वजनिक गर्‍यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

मेरोन्यूज २०७९ कार्तिक ३ गते १६:२४

काठमाडौँ । टिभिएस मोटरको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा एक कार्यक्रमबीच टिभिएसका ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले अनावरण गरिएका थिए ।

Advertisement
nepal life insurencenepal life insurence

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेण्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो । यस कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेका थिए । कलाकार प्रताप दास र रचना रिमालले प्रस्तुति दिएका थिए ।

लञ्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टिभिएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ एक्सचेञ्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ गतेबाट सुरु भएको मेला कार्तिक ५ गतेसम्म चल्ने छ । यस मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेञ्ज गर्दा आर्कषक छुट तथा उपहार पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो दुई पा‌ङ्ग्रे सवारी साधान एक्सचेञ्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कनभन्दा सात हजार रुपैयाँ बढीको मूल्य पाउने छन् । साथै, नकिन्दै एक लाख र किनेपछि १० लाखसम्मको नगद छुटको व्यवस्था छ ।

युवा वर्गका लागि लक्षित गरी डिजाइन गरिएको एनर्टक स्कुटरमा रहेको भ्वाइस असिष्टको सहायताबाट राइडरले मोड चेञ्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडीलगायत थुप्रै कनेक्टिभिटी फन्सन सजिलै प्रयोग गर्न सक्ने छन् ।

यसले राइडरले ड्राइभ गर्दा गर्दै कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइसमार्फत आवाजको भरमा विभिन्न सेटिङ कन्ट्रोल गर्न सक्छन् । यसैगरी यसमा नियमित आवतजावत गरिरहने रुटहरु सेभ गर्न मिल्छ । जसले यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ ।

यसमा समावेश गरिएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन इञ्जिनले ५५ सय आरपी टर्क प्रदान गर्दछ ।

प्रतिक्रिया