पटाका गोदाममा विष्फोट हुँदा तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक ३ गते १७:३७
काठमाडौँ । भारतको मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य धेरै घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
राज्यको मोरेना जिल्लामा उक्त दुर्घटना भएको तथा सात जना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विष्फोटले भवन भत्किँदा धेरै जना भग्नावशेषमा फसेका थिए ।
यही कात्तिक ७ गते भारतभर मनाइने दिवाली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डार गरिएको थियो । प्रहरीका अनुसार तीन जनाको शव फेला परेको छ ।
यद्यपि, उनीहरूको परिचय खुल्न बाँकी छ । भग्नावशेषमा अझै धेरै मानिस फसेका हुनसक्ने जनाउँदै प्रहरी खोज तथा उद्धार जारी रहेको बताएको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया