पटाका गोदाममा विष्फोट हुँदा तीन जनाको मृत्यु
मेरोन्यूज
२०७९ कार्तिक ३ गते १७:३७
काठमाडौँ । भारतको मध्य प्रदेश राज्यको एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य धेरै घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
राज्यको मोरेना जिल्लामा उक्त दुर्घटना भएको तथा सात जना घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । विष्फोटले भवन भत्किँदा धेरै जना भग्नावशेषमा फसेका थिए ।
यही कात्तिक ७ गते भारतभर मनाइने दिवाली पर्वका लागि बनाइएका पटाका गोदाममा भारी मात्रामा भण्डार गरिएको थियो । प्रहरीका अनुसार तीन जनाको शव फेला परेको छ ।
यद्यपि, उनीहरूको परिचय खुल्न बाँकी छ । भग्नावशेषमा अझै धेरै मानिस फसेका हुनसक्ने जनाउँदै प्रहरी खोज तथा उद्धार जारी रहेको बताएको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया