बुधबार, चैत ४, २०८२

बजाजको पल्सर एन २५० र एन १६० नेपाली बजारमा

मेरोन्यूज २०७९ कार्तिक ४ गते १०:३९


काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड को प्रा.लि.ले पल्सरको नयाँँ मोडलको बाइकहरु एन २५० र एन १६० सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले “नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रको लागि नयाँँ मापदण्ड खडा गरेको छ । ७० भन्दा बढी देशहरुमा गरेर पल्सर विश्वव्यापी रुपमै सर्वाधिक रुचाइएको ब्रान्ड भएको छ । फेरी पनि यही सिलसिलालाई कायम राख्दै पल्सरले २ वटा बाइकहरु लन्च गरेको छ जसले बाइकिङ क्षेत्रको लागि फेरी नयाँँ मापदण्ड खडा गर्नेछन् ।”

पावर र पर्फर्मेन्स युक्त स्पोर्टि लुक भएको मोटरसाइकल रुचाउने युवा पुस्ताको लागि यो बाइक डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

पल्सर एन २५०
मोडर्न एरो डाइनामिक डिजाइन र शार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० हेर्दा अत्यन्तै आकर्षक देखिन्छ । यसको स्याटन ग्रे फिनिश एग्जस्ट र चौडा टायरहरुले यसलाई झनै स्पोर्टि र स्टाइलिश लुक दिएको छ । नयाँँ स्पोर्टस टेक थिममा डिजाइन गरिएको यो बाइकमा प्रयोग गरिएको नयाँँ प्रिमियम मेटालीक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको छ ।

अगाडि देखि पछाडि सम्म विस्तारै हल्का कम हुँदै गएको टोनले गर्दा यसलाई जती हेरे पनि फ्रेश देखिन्छ। साइड कभर र ट्यान्क साइडको स्याटन ब्ल्याक फिनिशले ट्यान्कको मेटालिक ग्लसलाई मजासँग कम्प्लिमेन्ट गरेको छ । त्यस्तै एन्जिन कभरमा प्रयोग गरिएको डिप कपर ले यसलाई झनै आकर्षक देखाएको छ ।

सबैभन्दा शक्तिशाली १५० सिसी देखि लिएर एन एस २०० को पावर सम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । यसको बजार मुल्य ४,८९९०० रहेको छ ।
पल्सर एन १६०
पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको यो पल्सर एन् १६० मा डुअल च्यानल एबिएस् सिस्टम प्रयोग गरिएको छ जुन यो भन्दा अगाडिको मोडलहरुमा प्रयोग गरिएको थिएन । साथै यसमा १६५ सिसि द्यक्ट एन्जिन, एलइडि प्रोजेक्टर हेड्ल्याम्प रहेका छन् । यस अघि कहिल्यै नभएको पावर, प्रेसिजन र कन्ट्रोल प्रदान गर्ने हिसाबले यस बाइकको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यसमा बिएस्भिआइ कम्प्लाएन्ट १६५ सिसिको एन्जिन प्रयोग गरिएको छ। यसले ८७५० आरपिएममा १६ पिएस को पावर र ६७५० को आरपिएम मा १४.६५ एनएमको टर्क निकाल्न सक्छ । सुधारिएको पिकअपको लागि ८५ प्रतिशत सम्म पिक टर्क उपलब्ध रहेको कम्पनीले दावी गरेको छ । यसमा पल्सर एन २५० कै जस्तै फुएल ट्यान्क एक्स्टेन्सन, स्प्लिट सिट, एलोइ व्हिल र टेल लाइट राखिएको छ ।

यसको डुअल च्यानल एबिएस भर्सन ब्रुक्लिन ब्ल्याक शेडमा उपलब्ध छ । यसमा ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । नेपाली बजारमा यी बाइक मुल्य ३,७९९०० रहेको छ ।

प्रतिक्रिया