तिहारको मुखमै सुनको भाउ घट्यो, चाँदी स्थिर
मेरोन्यूज
२०७९ कार्तिक ४ गते ११:०५

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीबार जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तिहार सुनचाँदी किनबेच हुने मुख्य सिजन हो । बेच्ने भन्दा पनि मानिसहरूले तिहारका बेला सुन, असर्फी किनेर राख्ने गरेका छन् । विगतमा तिहारका बेला सुनचाँदीको भाउमा वृद्धि हुने गरेको थियो । तर यसपटक भने आर्थिक तरलताले संकट निम्त्याएको छ ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया