इमरान खान पाँच वर्षका लागि अयोग्य, यस्तो छ कारण

काठमाडौँ । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ । तोषखाना उपहार प्रकरणमा मुछिएसँगै उनलाई आयोगले पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ ।
आयोगले इमरानको संसद सदस्यता पनि खारेज गरिएको जनाएको छ । निर्वाचन आयोगको यो निर्णयपछि इमरानले आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् ।
के हो तोषखाना प्रकरण
सत्तारुढ पाकिस्तानी प्रजातान्त्रिक आन्दोलनले तोषखाना गिफ्ट मुद्दालाई निर्वाचन आयोगसमक्ष उठाएको थियो । इमरानले आफ्नो कार्यकालमा विभिन्न देशबाट उपहार पठाएको बताइएको छ ।
उनका वकिलले पनि इमरानले साढे नौ करोड रुपैयाँ बराबरको उपहार बेचेको स्वीकार गरेका थिए । ती उपहारलाई आयकर विवरणमा पनि उल्लेख गरिएको थियो ।
वर्तमान सरकारले इमरानले अरब शासकबाट बहुमूल्य उपहार पाएको बताएको थिए । जुन उनले बेचेका थिए । यसमा अमूल्य घडी, गहना र डिजाइनर झोला थिए । एजेन्सी











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया