इमरान खान पाँच वर्षका लागि अयोग्य, यस्तो छ कारण

काठमाडौँ । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ । तोषखाना उपहार प्रकरणमा मुछिएसँगै उनलाई आयोगले पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ ।
आयोगले इमरानको संसद सदस्यता पनि खारेज गरिएको जनाएको छ । निर्वाचन आयोगको यो निर्णयपछि इमरानले आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् ।
के हो तोषखाना प्रकरण
सत्तारुढ पाकिस्तानी प्रजातान्त्रिक आन्दोलनले तोषखाना गिफ्ट मुद्दालाई निर्वाचन आयोगसमक्ष उठाएको थियो । इमरानले आफ्नो कार्यकालमा विभिन्न देशबाट उपहार पठाएको बताइएको छ ।
उनका वकिलले पनि इमरानले साढे नौ करोड रुपैयाँ बराबरको उपहार बेचेको स्वीकार गरेका थिए । ती उपहारलाई आयकर विवरणमा पनि उल्लेख गरिएको थियो ।
वर्तमान सरकारले इमरानले अरब शासकबाट बहुमूल्य उपहार पाएको बताएको थिए । जुन उनले बेचेका थिए । यसमा अमूल्य घडी, गहना र डिजाइनर झोला थिए । एजेन्सी
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया