बुधबार, चैत ४, २०८२

यामाहाको आरवान १५ भी ४ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक

मेरोन्यूज २०७९ कार्तिक ४ गते १७:०१

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक रहेको एम्एडब्लु इन्टरप्राइजेजले सुविधा सम्पन्न बाइक आरवान १५ भी ४ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार पत्रकार सम्मेलन गरी ब्लू स्क्वायर शोरूम नक्सालमा कम्पनीले उक्त बाइक सार्वजानिक गरेको हो । आरवान १५ भी ४ नेपालमा ल्याइएको यामाहाको उत्कृष्ट मोटरसाइकलमध्ये एक रहेको कम्पनीको भनाइ छ ।

आर १५ को चौथो जेनेरेशन भनिएको उक्त बाइक मूलतः ट्र्याक स्पिड, कर्भ र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको कम्पनीले बताएको छ । १५५ सीसी एफ्आई इन्जिनमा भीभीए राखी तयार पारिएको यस बाइकलाई नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ(कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू(लेभल सिट’ जस्ता विशेषताहरूले अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भीभीए’ जस्ता प्रणालीले आरवान १५ भी ५ १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ ।

‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेसनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो स्ट्रेश’ कायम गर्न मद्दत पुर्‍याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्य सम्पादन क्षमता भएको ‘भीभीए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ ।

आरवान १५ भी ४ को विशेषताबारे जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुविधा रहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्‍याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यस अल न्यू आरवान १५ भी ४, १५५ सीसी एलसीभी एसओएच्‌सी फ्युल (इन्जेक्टेड (एफआई) इन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो ।

यसैगरी ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टरले आर १५ एमलाई स्मार्ट मात्र नभई बहुआयमिक पनि बनाएको यामाहा नेपालको सीईओ राजु क्षेत्रीले बताए । एन्ड्रोइड र एप्पल प्रयोग गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथमार्फत जोड्न सकिन्छ ।
यस्ता छन् विशेषताः

गियर सिफ्ट इन्डिकेटर
फ्यूल कन्जम्पशन इन्डिकेटर
सिफ्ट(टाइमिङ लाइट
भीभीए इन्डिकेटर
ट्रयाक्सन कन्ट्रोल इन्डिकेटर
मोबाइलफोनको ब्याट्री लेभल
मेन्टेनेन्स रिकमेण्डेसन
पार्किङ लोकेसन
मालफङ्सन नोटिफिकेसन
रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ

यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र इमेल अलर्टजस्ता नोटिफिकेसन पनि बाइकको एलसीडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ ।

बिहीबारदेखि देशभरका यामाहा शोरुममा यो बाइक नीलो, कालो र रातो रङ्गमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसको मूल्य नेपाली बजारमा क्रमशः पाँच लाख ७२ हजार ९०० र पाँच लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया