मंगलबार, चैत ३, २०८२

आइएमईको उत्सव अफर : सातौँ हप्ताको नतिजा घोषणा

मेरोन्यूज २०७९ कार्तिक ४ गते १७:२१

काठमाडौँ । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता पर्वहरूका अवसरमा आइएमईले सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफरअन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजाअनुसार सेवाग्राही यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।

संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमईमार्फत पैसा पठाएका विजेताद्वयले जनही २५ हजार प्राप्त गर्ने छन् । यस्तै सेवाग्राही गमबहादुर पुन, विष्णु बि.के., मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएका छन् । उनीहरूले प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गरेका छन् ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थिममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

यस सम्बन्धि विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ ।

प्रतिक्रिया