बिओके क्यापिटल मार्केटको सातौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडअन्तर्गत क्यापिटल मार्केट लि.को साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आज साधारणसभा सम्पन्न भएको हो ।
यस कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा बसेको सातौँ वार्षिक साधारणसभाले आ.व. २०७८-७९ को वित्तीय विवरण परित गर्नुका साथै आ.व. २०७८-७९ मा सञ्चित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (करसमेत) वितरण गर्ने निर्णय अनुमोदन गर्नुका सथै आगामी आ.ब. २०७९-८० को बाह्य लेखा परीक्षक नियुक्त गर्ने निर्णय भएको छ ।
बैंक अफ काठमाण्डूको सहायक कम्पनी बि.ओ.के. क्यापिटल मार्केट लि., कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले समीक्षा अवधिमा छ वटा कम्पनीको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जम्मा ११ वटा कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी कार्य गरिरहेको छ ।
यस कम्पनीले हालसम्म जम्मा ८५ हजार ६८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ । मूल्य अभिवृद्धि र बढ्दो ब्याजदरले शेयर बजारमा समेत ४० प्रतिशतभन्दा बढी गिरावट आएकोे अवस्थामा कम्पनीले सुझबुझका साथ कार्य सम्पादन गर्दै आएको छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया