तिहारमा अमेरिकाको न्युयोर्क महानगरले बिदा दिने
मेरोन्यूज
२०७९ कार्तिक ४ गते १९:२२

काठमाडौँ । आगामी वर्षको तिहार (दीपावली)देखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् ।
न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए । महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ ।
प्रकाशको पर्व दीपावली मनाउने हिन्दू, बौद्ध, सिख र जैन धर्मका दुई लाखभन्दा बढी न्यूयोर्कवासीले उक्त निर्णयको स्वागत गरेका छन् ।
दीपावलीको बिदाले विद्यालयको पठनपाठनमा कुनै असर नपर्ने र नियमानुसार वार्षिक एक सय ८० दिन कक्षा सञ्चालन हुने बताइएको छ ।
सम्बन्धित










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया