मंगलबार, चैत ३, २०८२

सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०७९ कार्तिक ५ गते १४:३२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले शनिबार पनि सुनको मूल्य कायम गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया