माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?
मेरोन्यूज
२०७९ कार्तिक ७ गते १३:१०

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा १९।६५ प्रतिशत ले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ ।
गत वर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ५.८८ प्रतिशत ले बढेर १ अर्ब ५४ करोड रुपैयाँ भएको छ ।
गत वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १५।८९ प्रतिशत ले बढेको छ भने सञ्चालन नाफामा २०।०१ प्रतिशतले ह्रास आएको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३१ पैसाले घटेर १७ रुपैयाँ ५९ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९ पैसा रहेको थियो ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया