साराङकोटमा ६ करोडको लगानीमा पञ्चमुखी गणेशको मूर्ति निर्माण गरिँदै

पोखरा । कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो ।
कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताउनुभयो । “पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिनेछ,” उहाँले भन्नुभयो, “मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिनेछ ।” फेवातालबाट अवलोकन गर्न सकिने जमिनभन्दा ६० फिट अग्लो उक्त मूर्र्ति अन्नपूर्ण केबुलकाको माथिल्लो स्टेसन पुगेर पनि दर्शन गर्न सकिनेछ ।
करिब रु दुई अर्बको लगानीमा निर्माण भइ सञ्चालनमा आएको अन्नपूर्ण केबुलकार कम्पनीले नै पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापना गर्न लागेको हो । उक्त मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वर महादेवको मन्दिर स्थापना भइसकेको छ ।
केबुलकार सञ्चालनमा आइसकेपछि यात्रुहरुले फेवातालदेखि साराङकोटसम्मको यात्रा नौ मिनेटमै गर्न पाएका छन् । कम्पनीले साराङकोटबाट सूर्योदय र सूर्यास्त हेर्न चाहनेहरुका लागि विहान ५ बजेदखि साँझ ६ बजेसम्म केबुलकार सञ्चालन गर्दै आएको छ ।
हाल कम्पनीले औसतमा आठ जनालाई सेवा दिइरहेकामा ५० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटक रहेको कम्पनीको भनाइ छ ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया