शनिबार, वैशाख १९, २०८३

ट्रस सरकारका गल्ती सच्च्याउने सुनकको प्रतिबद्धता

मेरोन्यूज २०७९ कार्तिक ९ गते ८:०८

काठमाडौँ । बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकले विगतका गल्ती सच्च्याउने र आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement
NiccNicc

औपचारिक रूपमा आइतबार प्रधानमन्त्री बनेका सुनकले पहिलो सार्वजनिक मन्तव्यमा उक्त प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीले आर्थिक स्थायित्व पुनः स्थापना गर्ने र ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यसअघि सुनकले राजा चार्ल्सलाई बकिङ्घम दरबारमा भेट गरेका थिए । राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बनेका थिए ।

पहिलो एसियाली मूलका ब्रिटिश प्रधानमन्त्री सुनक यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन् ।

प्रतिक्रिया