राहुल गान्धीको योजनामा मल्लिकार्जुन खड्गे पार्टी अध्यक्ष बनेको खुलासा

नयाँ दिल्ली । राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् ।
एकपटक गैर–गान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल गान्धीको अभिलाषाअनुसार निर्वाचनको अन्तिम समयमा उनले उम्मेदवारी नदिएर खड्गेलाई खडा गरिएको उनले आज यहाँ भएको सञ्चारकर्मीहरूसँगको कुराकानीमा बताएका हुन् ।
राहुल गान्धीलाई देशको सबैभन्दा ठूलो र पुरानो पार्टीको अध्यक्ष बनाउन अन्तिम समयसम्म पार्टीभित्र प्रयास जारी थियो किनभने उनी मात्र भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई चुनौती दिनसक्ने व्यक्ति हुनसक्छन् भन्ने निष्कर्षमा अडिग रहेर गान्धीलाई नै अध्यक्ष बनाउने पक्षमा रहेपनि उनले पितामाताको त्यो बिरासतलाई एकपट बाहिरबाट नेतृत्वको अवसर दिनुपर्नेमा जोड दिएपछि अन्तिम घडीमा निर्णय परिवर्तन भएको मुख्यमन्त्री गहलोतले स्पष्ट पारे ।
पार्टीलाई २२ वर्षसम्म सोनिया गान्धीले गर्नुभएको नेतृत्व सधैं स्मरणीय रहने बताउँदै उनले उहाँको कार्यकालमा १३ राज्यमा आफ्नो पार्टीको सरकारका तथा पार्टी प्रमुखको हैसियतमा उहाँले असल काम गर्नुभएको दोहो¥याउँदै नयाँ अध्यक्ष खड्गेप्रति बधाई ज्ञापन गरे । मुख्यमन्त्रीले पार्टीलाई बलियो बनाउन आफ्नो तर्फबाट काम गर्ने वाचा पनि गरे ।
नवनिर्वाचित अध्यक्ष पदभार सम्हाल्नुुअघि महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रिय राजधानीको राजघाट पुगेका थिए भने शान्ति वनमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र जवाहरलाल नेहरूलाई शक्ति स्थल पुगेर उनले पुष्पहारसहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।
साथै उनले स्वतन्त्रता सेनानी तथा जगजीवन रामलाई समता स्थलमा पुगेर श्रद्धा सुमन चढाएका थिए ।
पार्टीमा कुशल कूटनीतिज्ञका रूपमा चिनिएका शशी थरूरससँग भएको राष्ट्रपतिको प्रतिस्पर्धामा खड्गेले सात हजार आठ सय ९७ मत पाएका थिए भने थरुरले एक हजार ७२ मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि खड्गेले प्रजातन्त्रको सुदृढीकरण र लोकतन्त्रको रक्षालाई काङ्ग्रेसले सधैँ केन्द्रमा राखेको तथा ७५ वर्षदेखि त्यसैमा लीनभएर लागेको उनले बताएका थिए ।
















यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया