बुधबार, चैत ४, २०८२

नेप्से ५६ अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो

मेरोन्यूज २०७९ कार्तिक १५ गते १५:४६

काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज सेयर बजारमा उछाल आएको छ । पर्वका कारण एक साता बन्द भएको सेयर बजार खुलेसँगै लगातार वृद्धि भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार १६ अंक माथिले वृद्धि भएको नेप्से मंगलबार ५६.११ अंकले वृद्धि भएर १९३०.९९ अंकमा पुगेको हो । बैंकको निक्षेप वृद्धिसँगै तरलता सहज हुँदा ब्याजदर घट्ने अपेक्षा तथा सूचिकृत कम्पनीले लाभांश घोषणा गरिरहँदा सेयर बजार बढेको हो ।

आज सबै उपसूचकमा वृद्धि भएको छ । आज वित्तीय कम्पनी उपसूचक ५.४ प्रतिशत र अन्य उपसूचक ५.२८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, व्यापार, हाइड्रोपावर र लगानी उपसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबार रकम पनि बढेर आज अर्ब नाघेको छ । नेप्सेमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २९ करोड ६ लाख ६५ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया