ठगुन्ना जितको ह्याट्रिकमा, बडु एमालेको किल्ला तोड्ने दाऊमा

काठमाडौं । एमालेको बलियो जनाधार रहेको दार्चुलामा यसपटक किल्ला तोड्न नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडु उम्मेदवार भएका छन् । एमाले विभाजन भएको र माओवादीको राम्रो संगठन भएकाले एकीकृत समाजवादीको समेत सहयोगमा प्रतिनिधिसभामा कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू उम्मेदवार भएका हुन् । एमालेबाट पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना पुनः चुनावी मैदानमा उत्रेका छन् । उनी त्यसक्षेत्रका पुराना तर लोकप्रिय अनुहार हुन् ।
एमालेले चुनावी अभियान पनि दार्चुलाबाटै शुरु गर्दैछ । राष्ट्रियको मुद्धालाई प्राथमिकतामा राखेको एमालेले दार्चलाबाट चुनावी अभियान शुरु गरेर प्रदेश १ मा टुग्याउने भएको छ । त्यस क्षेत्रमा एमाले गणेशसिंह ठगुन्ना र कांग्रेस दिलेन्द्रप्रसाद बढुका वीचमा मुख्य प्रतिस्पर्धा भएपनि नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी रविन्द्र सिंह धामीसहितका ९ जना उम्मेदवार यस क्षेत्रमा चुनावी मैदानमा छन् । स्थानीय तहको मत हेर्ने हो भने यस क्षेत्रमा एमालेसँग २९३९७, कांग्रेससँग २१५५४, माओवादीसँग ७८८१, राप्रपासँग १७७ र एकीकृत समाजवादीसँग १७१ मत छ । यसरी हेर्दा सत्ता गठबन्धनसँग २९६०६ मत छ । एमाले एक्लैंसँग २९३९७ मत छ । ‘स्थानीय तहको सबै मत एमालेलाई आउछ भन्ने छैन एमाले विभाजित अवस्थामा छ, एकै व्यक्तिलाई टिकट दिएको पनि असन्तुष्टि रहेको छ तर पनि जित भनेको एमालेकै पक्षमा आउनेछ, सबै असन्तुष्टिहरु थाति राखेर एमाले एकताबद्ध भएको छ’, एमालेकै एक नेता भन्छन् ।
यो निर्वाचन क्षेत्रमा कांग्रेसले २०६४ देखि लगातार हार ब्यहोदैं आएको छ । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र २०५ हुँदा दार्चुलामा दुई वटा निर्वाचन क्षेत्र थियो । तर २०७२ को संविधान निर्माणपछि १६५ क्षेत्र को निर्वाचन क्षेत्र रहँदा दार्चुलामा एउटा मात्रै निर्वाचन क्षेत्र बनेको छ । ०४८ मा भएको आम निर्वाचनमा तत्कालिन दार्चुला क्षेत्र नं.१ बाट हालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू विजयी भएका थिए । क्षेत्र २ बाट राप्रपाका अकबरबहादुर सिंहले जितका थिए । ०४८ मा चुनाव जितेका बडू ०५१ मा एमालेका नेता प्रेमसिंह धामीसँग पराजित भएका थिए । ०५६ को चुनावमा बडूले एमाले उम्मेदवार वीरबहादुर ठगुन्नालाई हराउँदै आफूलाई राष्ट्रिय राजनीतिमा उभ्याएपनि त्यसपछि कुनैपनि जित निकाल्न सकेका छैनन । कांग्रेसबाट पनि पुरानै अनुहार आउदा कांग्रेस कार्यकर्ताहरुमा पूरै विभाजित देखिन्छ ।
०६४ सालको पहिलो संविधान सभा निर्वाचनयता कांग्रेसले दार्चुलामा संसदीय चुनाव जितेको छैन् । ०६४ को पहिलो संविधान सभा चुनावमा सशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रका लक्ष्मणदत्त जोशीले जितेका थिए । एमालेका ठगुन्ना भने २०७० र २०७४ को चुनावमा जित निकालेका थिए । जसकाकारण ठगुन्ना फेरि जितेर ह्याटिक गर्ने तयारीमा छन् । कांग्रेसका बडू कांग्रेसको हारको ह्याटिक तोडने योजनामा छन् ।
माओवादी र एमालेको राम्रो पकड रहेको दार्चुलामा ९ पालिका छन् । स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा यस क्षेत्रमा ५ पालिका एमालेले जित्दा ४ पालिकामा माओवादीले जित निकालेको छ । एमाले अध्यक्ष केपी ओली सरकारमा रहेका बेला कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नेपालको नक्सा संविधान संशोधन गरेर जारी गरिएको थियो । उक्त भूगोल दार्चुलामै पर्छ । यसलाई एमालेले देशव्यापी रुपमै चुनावी मुद्धा बनाईरहेको छ ।
दार्चुलाको चुनावी दौडमा यो विषय जोडले उठ्ने देखिएको छ । स्थानीय तहको मत हेर्दा एमाले एक्लैंको मत र सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी सवैको मत जोडदा पनि बल्लतल्ल २०९ मतले मात्र सत्ता गठबन्धन अगाडी छ । यसले यो क्षेत्रमा निर्वाचन निक्कै प्रतिस्पर्धात्मक हुने देखिएको छ । एमालेले प्रदेश सभा क्षेत्र (१) र (२) का लागि क्रमशः हरदेव जोशी र रामदत्त जोशीलाई चुनावी मैदानमा पठाएको छ । रामदत्त जोशी एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् । गठबन्धनबाट क्षेत्र ९१० मा कांग्रेस नेता विक्रमसिंह धामी र क्षेत्र (२) मा माओवादीका मानबहादुर धामी (सन्तोष) उम्मेदवार भएका छन ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया