दक्षिण अफ्रिकामा ९० बलात्कारका घटनामा एक पुरुष दोषी ठहर

काठमाडौं । दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ । जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो ।
पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ ।
“उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए । उनले आफ्नै घरमा पनि निशाना बनाए,“ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले एक विज्ञप्तिमा भने ।
“उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे र बलात्कार गर्थे । कतिपय अवस्थामा एक पटकमा एक भन्दा बढी व्यक्तिलाई बलात्कार गर्दा अन्यलाई हेर्न बाध्य पार्थे । ’ उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका थिए । पीडितमध्ये ९ वर्षदेखि ४४ वर्षसम्मका थिए । एजेन्सी
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया