तेस्रो जितको दाउमा नेपाल

काठमाडौं । साफ यु-१५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज ९बुधबार० भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा साझ सवा ४ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल भुटानसँग दोस्रो पटक खेल्न लागेको हो । डबल राउण्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ७–० अन्तरले पराजित गरेको थियो । वर्षा ओलीले एक्लै चार गोल गरेपछि नेपालले सहज जित पाएको थियो ।
यसैगरी नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० अन्तरले पराजित गरेको थियो । वर्षा ओलीले ८७औं मिनेटमा निर्णायक गोल गरेपनि नेपाल लगातार दोस्रो खेल जित्न सफल भएको थियो ।
भगवती रानामगरको प्रशिक्षणमा रहेको नेपाली टोली लगातार तेस्रो जित निकाल्ने दाउमा छ । प्रतियोगिताको शीर्षस्थानमा रहने टोली स्वतः च्याम्पियन हुने प्रावधान रहँदा नेपाल भुटानविरुद्ध खेल जित्दै शीर्षस्थानमा फर्कन चाहन्छ ।
दीपा रोकायाको कप्तानीमा रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । तीन खेलबाट समान ६ अंक जोडेको बंगलादेश गोलअन्तरको आधारमा शीर्षस्थानमा छ । अंकविहिन भुटान भने उपाधि दौडबाट बाहिरिसकेको छ ।
नेपाली टोलीः
गोलकिपरः राधिका ओली, सुजता तामाङ, रुपा धिमाल
रक्षकः सिता रोकाया, दिपा मगर, अञ्जना पुन मगर, अमिता भुल, विपना स्नेही ,रेणु लिम्बु, डोल्मा लामा
मिडफिल्डरः सिम्रन राई, पुनम चेम्जोङ, भाजना परियार, सबिता मण्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन
स्ट्राइकरः दिपा रोकाया ९कप्तान०, समिक्षा मगर, वर्षा ओली, सेनु परियार
















काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया