दोर्दी करिडोरको ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपियो

लमजुङ । लमजुङको दोर्दी करिडोरमा उत्पादित ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपिएको छ । यस करिडोरमा दुईदेखि २७ मेगावाटसम्मका आयोजनाले बिजुली उत्पादन थालेका छन् । दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बनेसँगै करिडोरका आयोजनाले धमाधम विद्युत् उत्पादन थालेका हुन् ।
दोर्दीखोलामा निर्मित ३ आयोजना, शाखा नदीबाट २ र छिमेकी नदीबाट एउटा जलविद्युत् आयोजना निर्माण भएर दोर्दी करिडोरमा बिजुली जोडिएको दोर्दी करिडोर राष्ट्रिय प्रसारण लाइन आयोजनाले जनाएको छ ।
यी ६ आयोजनाबाट ७८ दशमलव ८३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले असोज १४ देखि व्यावसायिक उत्पादन थालेको छ । १२ मेगावाटको दोर्दी १ आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ व्यावसायिक उत्पादनको तयारीमा छ । परीक्षण उत्पादन गरिरहेको उक्त आयोजनाले तिहारपछि व्यावसायिक उत्पादन थाल्नेछ ।
चेपेखोलामा निर्माण गरेर दोर्दी करिडोरमा जडित ८।८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाले पनि व्यावसायिक उत्पादन थालिसकेको छ । दोर्दीको शाखा छ्याङ्दीखोलाबाट गत वर्ष ४ मेगावाटको माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्दै आएको छ । यसअघि दुई मेगावाटको छन्दीखोला साना जलविद्युत् आयोजनाले पनि बिजुली उत्पादन गरिरहेको छ ।
दोर्दी करिडोर प्रसारण लाइनले बोकेको ७८ दशमलव ८३ क्षमता बिजुली उत्पादनका लागि १४ अर्ब १८ करोड ९६ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । दोर्दीखोला जलविद्युत् आयोजना ९२७ मेगावाट० ४ अर्ब ८३ करोड, माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना ९२५ मेगावाट० ४ अर्ब ६४ करोड ६१ लाख, दोर्दी १ जलविद्युत् आयोजना ९१२ मेगावाट० २ अर्ब, चेपेखोला साना जलविद्युत् आयोजना ९८।८३ मेगावाट० १ अर्ब ५० करोड, माथिल्लो छन्दीखोला साना जलविद्युत् आयोजना ९४ मेगावाट० ८० करोड ३५ लाख र छन्दीखोला साना जलविद्युत् आयोजना ९२ मेगावाट० ४१ करोड खर्च भइसकेको छ ।
दोर्दीखोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ ८० प्रतिशत बढी निर्माण सकिएको छ । अर्को वर्ष उक्त आयोजनाले बिजुली उत्पादन गर्ने आयोजना निर्देशक अर्जुन गौतमले बताए । यसको लागत ८ अर्ब ८० करोड छ । योसमेत निर्माण हुँदा १३२ दशमलव ८३ मेगावाट बिजुली दोर्दी करिडोरमा उत्पादन हुनेछ । सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को समेत लगानी गरी दोर्दी करिडोरमा २२ अर्ब ९८ करोड ९६ लाख खर्च हुनेछ । प्रायस् आयोजना स्वदेशी लगानीमा बनेका छन् ।

















इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया